जेठ
३०, काठामाडौँ। आज मंगलबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य बढेको छ।
सुनको
मूल्य यस दिन प्रतितोला तीन सय रुपैयाँ बढेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेर १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता