असार
२२, काठमाडौँ। नेपाली बजारमा आज शुक्रबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट
आएको छ।
सुनको
भाउ आज प्रतितोला एक सय रुपैयाँले घटेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज शुक्रबार चाँदी प्रतितोला २० रुपैयाँले घटेर प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता