माघ २३, काठमाडौँ । आज साताको तस्रो कारोबार दिन अर्थात मंगलबार
पनि नेपाली बजारमा सुन–चाँदीको
मूल्य घटेको छ।
साताको
पहिलो कारोबार दिन आइतबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले आज पनि निरन्तरता
पाएको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७
हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
आज
मंगलबार नेपाली
बजारमा चाँदीको मूल्य पनि घटेको छ।
चाँदी मंगलबार प्रतितोला १५ रूपैयाँले घटेर १३ सय ७५ रूपैयाँमा
किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता