असार २०, काठमाडौँ। बुधबार पनि नेपाली स्थानिय बजारमा सुन–चाँदीको भाउ बढेको छ।
सुनको
मूल्य आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी आज बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता