असार १३, काठमाडौँ । नेपाली बजारमा आज बिहिबार पनि सुन–चाँदीको मूल्य घटेको छ।
यसदिन सुनको
भाउ प्रतितोला आठ सय रूपैयाँले घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ४० हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख ४० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी आज बिहीबार चाँदीको मूल्य
पनि घटेको छ।
चाँदी आज प्रतितोला १० रूपैयाँले घटेको हो ।
चाँदी आज प्रतितोला १७
सय ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
- न्युज बहार संवाददाता