साउन ८, काठमाडौँ। आज सोमबार पनि नेपाली स्थानिय बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ।
आज सुनको भाउ प्रतितोला तीन सय रुपैयाँ घटेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी आज सोमबार नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ।
सोमबार प्रतितोला ५ रुपैयाँले घटेर १४ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता