भदौ
२९, काठमाडौँ । शुक्रबार साताको अन्तिम
कारोबार दिन पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बृद्धी भएको छ।
यसदिन सुनको
भाउ प्रतितोला छ सय रुपैयाँ बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी आज शुक्रबार नेपाली बजारमा चाँदीको मूल्य पनि बृद्धी भएको छ ।
शुक्रबार चाँदी प्रतितोला १० रुपैयाँले बढेको १३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता