असार १२, काठमाडौँ। नेपाली स्थानिय बजारमा आज मंगलबार पनि सुन–चाँदी दुबैको मूल्य बढेको छ।
सुनको मूल्य यस दिन पनि प्रतितोला दुई सय रुपैयाँ बढेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज मंगलबार चाँदी प्रतितोला १० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता