फिल्म राम्रो बनेको र मन परेको प्रतिक्रिया दिएका थिय । चलचित्र ‘ह्यारी कि प्यारी’ मा मुख्य कलाकार जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी
शाहको अभिनय रहेको छ । विशेषत मुख्य कलाकारको अभिनयलाई सबै उपस्थित
कलाकर्मी र पत्रकारहरुले खुलेर तारिफ
गरेका थिए ।
कलाकार विजय बरालले पनि चलचित्रमा गरेको अभिनयबाट तारिफ पाएका थिए । चलचित्रको प्रिमियरसोमा कलाकारहरू दिपकराज गिरी, केदार घिमिरे (माग्नेबुढा), मदनकृष्ण श्रेष्ठ, किरण केसी, सन्तोष पन्तसहित डा. भोला रिजाल, आरपी पन्त, दिपाश्री निरौला, उत्तम केसी, आकाश अधिकारी, गायक यस कुमार, कमेडियन हिमेश पन्त लगायत थुप्रै चलचित्रकर्मीहरुको उपस्थिति थियो ।
फिल्मलाई गीतकार तथा डा. भोला रिजालले
निर्माण गरेका हुन् । डा. कपिलको यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका छन । निर्देशक रहेका डा. कपिल रिजालले सबैले हेर्न मिल्ने
फिल्म बनेको बताएका छन भने उनले फिल्म राम्रो नराम्रो जे भएपनि हेरेर प्रतिक्रिया दिन अनुरोध समेत गरेका छन ।