चैत
५, काठमाडौँ। आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा ६.९० अंकको गिरावट
आएको छ। आज नेप्से ०.३६ प्रतिशतले घटेर १९२६.४० बिन्दुमा आएर बन्द भएको छ।
अघिल्लो
दिनको तुलनामा आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। आजको कुल कारोबार रकम १ अर्ब ६ करोड
९८ लाख ४ हजार ८२५ रुपैयाँ रहेको छ।
आज नेप्सेमा २५९ वटा धितोपत्रको ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर
किनबेच भएको हो।
आइतबार
तीन वटा लघुवित्त कम्पनी र एउटा हाइड्रोको सेयरमूल्य १० प्रतिशतले बढेका छन। युनिक नेपाल, मानुषी लघुवित्त, लघुवित्त र शुभम् पावरको सेयरमूल्य १०
प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हुन।
यसैगरी, सर्वाधिक १० प्रतिशत मूल्य घट्नेमा सानिमा
ग्रोथ फण्ड रहेको छ।
आईतबार कारोबारमा
आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको
परिसूचकमा गिरावट आएको छ।
यस दिन
होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक बढेको छ भने यता, म्युचुअल फण्ड समूहको परिसूचक
सर्वाधिक घटेको छ।
- न्युज बहार संवाददाता