Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

राष्ट्रिय उपभोक्ता मञ्चले बुझाए चिनी सम्बन्धी माग राख्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीलाई ज्ञापनपत्र

  •   ३ वर्ष अघि | २७ माघ २०८०, शनिबार

माघ २७, काठमाडौँ । चिनी उद्योगीहरूको सिण्डिकेट नियन्त्रणको माग गर्दै राष्ट्रिय उपभोक्ता मञ्चले  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई ज्ञापनपत्र बुझाएको छ । 

मञ्चका अनुसार चिनीको उत्पादनको मौसममा स्वदेशी चिनी उत्पादकहरूले सिण्डिकेटिंग र कार्टेलिंग गर्दै लागत मूल्य जम्मा ८५ मात्र हुँदा पनि थोकमा नै ९३ रुपैयाँ प्रति किलोमा बिक्री गर्ने गरेको र उपभोक्ताको झोलासम्म पुग्दा काठमाडौँको सहरी क्षेत्रमा नै १०० रुपैयाँमा खरिद गर्नु पर्ने बाध्यता भएकोले सरकारलाई गम्भीर हुन आग्रह गरिएको छ । 

मञ्चले साल्ट ट्रेडिंग कर्पोरेशनले खरिद गरी भण्डारण गरे बापत कम्पनीको लागत मूल्य बराबरको रकममा लाग्ने बैंक व्याज अनुदान स्वरूप नेपाल सरकारले दिने व्यवस्था गरी दिएमा उद्योगीहरूको गैर कानुनी सिण्डिकेटिंग टोडिने र साथै मूल्यमा समेत स्थिरता आई आम उपभोक्तालाई राहत मिल्ने ठहर समेत गरेको छ । 

  • न्युज बहार संवाददाता

थप