Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बालाजु क्षेत्रमा यातायात व्यवसायी र मजदुरको आन्दोलनले लियो उग्र रुप ।

भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा।

  •   ४ वर्ष अघि | १ फाल्गुन २०७९, सोमवार

फागुन १, काठमाडौँ । राजधानी काठमाडौको बालाजु क्षेत्रको प्रदर्शन अहिले उग्र बनेको छ । प्रहरीको दुई वटा गाडी आक्रोशित आन्दोलनकारीले जलाएका छन् । यातायात व्यवसायी तथा मजदुरहरूले ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध प्रदर्शन सुरु गरेका थीए अहिले त्यो प्रदर्शनमा भएको दोहरो झडपले उग्र बन्दै गएको हो ।

केहीबेर अघिदेखि उनीहरुले बालाजु सडक क्षेत्रमा सवारी साधन तेर्साए सडक अबरुद्ध गरेका हुन् ।

मजदुरहरुले बीच सडकमै सवारी साधन राखेर अवरोध सिर्जना गरेपछि अहिले सो क्षेत्रको यातायात आवागमन अवरुद्ध भएको छ । मजदुर यातायातहरुको हितमा ट्राफिक नियम नभएको भन्दै सडक अवरुद्ध गरिएको र अहिले खुलाउने प्रयास जारी रहेको वृत्तका प्रहरी सहायक निरीक्षक गंगाप्रसाद पोख्रेलले बताए ।

यस सगैँ यातायात मजदुरले भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन्। सोमबार साँझ यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन्। र यसलाई उनिहरुले विरोधको प्रक्रियाको रुपमा आगाडी बडाएका छन ।

आन्दोलनले उग्र रुप लिन थाले पछी प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन कैयन सेल अश्रुग्याँस प्रहार गरेको छ ।  काठमाडौँ महानगरपालिका समेतको समन्वयमा माछा पोखरी, बालाजुलगायतका स्थानमा पार्किङ गरिने सवारी साधनलाई नयाँ बसपार्कमा लगेर मात्र पार्किङ गरिनुपर्ने नियम बनाइएपछि यातायात व्यवसायी र मजदुर आक्रोशित बनेका हुन् ।

थप