माघ २९, काठमाडौँ । विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन
कार्यविधि २०७७ लाई सरकारले परिमार्जन गर्ने भएको छ।
शुक्बार राष्ट्रपति
विद्यादेवी भण्डारीको सवारीको क्रममा राष्ट्रपति कार्यालयदेखि संसद भवन बानेश्वर
सम्म सडक खाली गराइएको थियो । उक्त समयमा सडकमा
निस्किएको भन्दै एक प्रहरीले ट्रमा सेन्टरका एक चिकित्सक जनिथलाल सिंहलाई कुटपिट
गरेपछि नेपाल चिकित्सकसंघले आइतबार आकस्मिक बाहेकको सबै सेवा बन्द गरि सो घटनाको
विरोध गरेपछी केही समय अगाडी मात्र आन्दोलनरत
चिकित्सकसँगको वार्तामा सरकारी टोलीले कार्यविधि परिमार्जनका लागि तयार भएको हो
वार्तामा सरकार र नेपाल चिकित्सकसंघका बिच ६ बुँदे सहमति भएको छ । चिकित्सक कुटिएको घटनाको समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधिमा परिमार्जन गर्न सरकारलाई सुझाव दिने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने र चिकित्सक संघले आन्दोलन स्थगित गर्ने सहमतिपत्रमा जनाइएको छ ।
एक साता भित्रमारिमार्जीत कार्यविधिका लागि सुझाव पेश गर्ने सहमतिसमेत भएको छ।
हेर्नुस सहमतिपत्र ः
