असोज ८, काठमाडौँ । सरकारले विदेशी कलाकारको फोटो होडिङ बोर्ड वा अन्य प्रचार सामग्रीमा प्रयोग नगर्न निर्देशन दिएको छ ।
विज्ञापन बोर्डले सूचना जारी गरेको सुचना अनुसार सवारी साधन, होडिङ बोर्ड वा अन्य कुनै माध्यममा विज्ञापन गर्दा स्वदेशी कलाकार वा व्यक्तिको फोटोमात्रै प्रयोग गर्न निर्देशन दिइएको छ ।
विदेशी कलाकार वा व्यक्तिको फोटो प्रयोग गर्न नपाइने व्यवस्था विज्ञापन नियमावली (पहिलो संशोधन) २०८० को नियम ९ (क) को उपनियम (३) मा उल्लेख गरिएको छ ।
बोर्डले विज्ञापन एजेन्सी, विज्ञापनदाता र सञ्चार माध्यमलाई सम्बोधन गर्दै त्यस्ता फोटोहरू प्रयोग भएको भए हटाएर नियमानुसार राख्न निर्देशन दिएको छ ।
- न्युज बहार संवाददाता