जेठ १६, काठमाडौँ। आज मंगलबार नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार चार सय रुपैयाँ बढेको छ।
आज छापावाल सुन प्रतितोला एक लाख दश हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज नेपाली बजारमा मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार चाँदी प्रतितोला १५ रुपैयाँ बढेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
- न्युज बहार संवाददाता