वैशाख २२, काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ भने चाँदी भाउ स्थिर रहेको छ।
सुनको
भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँले बढेको छ।
आज
छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल
सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज नेपाली बजारमा सोमबार चाँदीको मूल्य भने स्थिर रहेको
छ।
स्थिर रहेको चाँदी आज प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा किनबेच
भइरहेको छ।
- न्युज बहार संवाददाता