फागुन
२७, अमेरिका। सिलिकन भ्याली बैंक (एसभीबी) अमेरिकाको १६ औं ठूलो बैंक बन्द भएको छ।
बैंक बन्द
भएसँगै बैंकको ४० वर्षको दौड अहिले आएर समाप्त भएको छ। नियामक निकायहरूले शुक्रबार
यो बैंकलाई बन्द गराएर डिपोजिटहरु नियन्त्रणमा लिइसकेका छन्।
अमेरिकाको
१६ औं ठूलो बैंक नियमनकारी निकायले सिलिकन भ्याली बैंकलाई बन्द गराएको हो।
अमेरिकी
इतिहासमानै पूँजी संकटले वित्तीय संस्था धराशायी भएको यो दोस्रो ठूलो घटना हो।
यसअघि पनि सन् २००८ को वित्तीय संकटपछि वाशिंगटन म्युचुअल असफल भएको थियो।
बैंकले धेरै लामो समय देखी तरलता व्यवस्थापन गर्न नसक्दा निक्षेपकर्ताको
पैसा फिर्ता गर्न सकिरहेको थिएन। एसभीबीमा २ लाख ५० हजार अमेरिकी डलरसम्म निक्षेप
भएका निक्षेपकर्ताहरू भने सुरक्षित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्
।
सन्
१९८३ मा स्थापित, एसभीबी बैंक लामो समयदेखि अमेरिकामा रहेको आइटी कम्पनीलाई र क्रिप्टो
कम्पनीहरुलाई ऋण बढी दिने बैंकको रुपमा चिनिएको थियो।
बैंक
डुब्ने स्थितिमा आउनाको कारण नै क्रिप्टो फर्महरुलाई दिएको कर्जा र पछिल्लो समय
बढेको ब्याजदर तथा क्रिप्टो मार्केटमा आएको संकट नै मुख्य हो।
यस बैंकले
दुई खर्ब ९ अर्ब अमेरिकी डलर बराबरको ऋण दिएको थियो भने बैंकमा एक खर्ब ७५ अर्ब
अमेरिकी डलर बराबरको निक्षेप रहेको अन्तराष्ट्रीय सञ्चार माध्यमले जनाएको छ।
- न्युज बहार संवाददाता