Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत

  •   २ वर्ष अघि | १० साउन २०८१, बिहिबार

साउन १०, कैलाली । कैलाली जिल्लाका किसानले व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी लिदैँ आएका छन । लामो समयदेखि कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–६ शान्तिटोलका शेरुराम चौधरीले व्यावसायिक तरकारी खेती गर्दै आएकाछन् । कृषक चौधरीले तरकारी खेतीबाट वार्षिक रु छ लाख बचत गर्ने गरेका छन ।

चौधरीका अनुसार विगत २६ वर्षदेखि परम्परागत रुपमा तरकारी खेती गर्दै आएकोमा पछिल्ला केही वर्षयता व्यवसायलाई व्यवस्थित र विस्तार गर्दै लगेका छन । उनले अहिले १५ कठ्ठा जग्गामा तरकारी खेती विस्तार गरिसकेका छन र उक्त वर्षभरिमा सबै खर्च कटाएर रु छ लाखसम्म बचत हुने गरेको छ ।

उनले वर्खा याम सुरु भएदेखि अहिलेसम्म रु एक लाख ५० हजारको तरकारी बिक्री गरिसकेका छन । अहिले दैनिक ५० देखि ६० किलो तरकारी बिक्री हुने गरेको छ । 

  • न्युज बहार संवाददाता

थप