Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सागर डिस्टिलरीले भदौ २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

  •   १ वर्ष अघि | १७ भदौ २०८२, मङ्लबार

भदौ १७, काठमाडौँ । सागर डिस्टिलरीले भदौ २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ (प्राथमिक सेयर) जारी गर्ने भएको छ।

कम्पनीले कुल ११ लाख ९० हजार ६४० कित्ता सेयर निष्कासन गर्नेछ, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

सेयर आवेदन दिने अवधि सुरुमा भदौ २५ देखि २९ गतेसम्म खुला हुनेछ। यदि तोकिएको अवधिमा सबै सेयर बिक्री नभएमा यो अवधि असोज ८ गतेसम्म लम्बिन सक्नेछ।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले लिएको छ।

  • न्युज बहार संवाददाता

थप