जेठ १३, चितवन
। कुखुरा पालक किसानले पछिल्ला वर्षहरुमा अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ
समूह बनाएर अण्डाको वैज्ञानिक लागत मूल्य खोजी कार्य भएका छन् ।
अधिकांश
किसानले न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि आफु विस्थापित हुन थालेको गुनासो
गर्दै आएकाले लागत मूल्यको खोजी गरिएको हो ।
नेपाल
कुखुरा व्यवसायी मञ्चको अग्रसरतामा कृषि तथा वन विज्ञान विश्व विद्यालयका
सहप्राध्यापकहरु डा रेवन्त भट्टराई, पोल्ट्री विज्ञ डा.तिलचन्द्र
भट्टराई, डा सुविर
सिंह, उपप्राध्यापक
डा अनन्त दाहाल र डा विष्णु पोखरेल समूहले अण्डाको वैज्ञानिक लागत मूल्य निकालेको हो
।
अण्डा प्रतिगोटा १६ दशमलव ५६ किसानको लागत मूल्य विज्ञ
समूहले निकालेको जानकारी मञ्चका
निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले दिएका छन ।
किसानले फार्म मूल्यमा हाल सरदर
रु १५ दशमलव ३३ पाउने गरेका छन् । अहिले किसानले पाएको
मूल्य हालसम्मकै बढी रहेको जनाइएको छ ।
- न्युज बहार संवाददाता