जेठ
३०, काठमाडौँ। आज मंगलबार रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपिओ बाँडफाँट भएको छ।
आजको बाँडफाँटमा
गोलाप्रथामार्फत ६४ हजार ३६६ जनाले सेयर पाएका छन् भने आइपिओको बाँडफाँट बिक्री
प्रबन्धक प्रभु क्याटिलको कार्यालयमा भएको हो।
आइपिओ भरेका मध्ये
भाग्यमानी ७ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन।
उक्त आइपिओमा कुल ११
लाख ८५ हजार २०६ जनाले आवेदन दिएकोमा १ लाख ७ हजार ४६६ जनाको आवेदन रद्द भएको थियो।
बिक्री प्रबन्धकले बाँकी १० लाख ७७ हजार ७४० जनाको आवेदन बाँडफाँटका लागि योग्य भएको बताएको छ।
कम्पनीले यही जेठ १८ गतेदेखि २२ गतेसम्म उक्त आइपिओ बिक्री खुला गरेको थियो।
आइपिओ बाँडफाँटको नतिजा लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट, मेरोसेयर एकाउन्ट, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट हेर्न सक्नेछन्।
- न्युज बहार संवाददाता