साउन ७, काठमाडौँ। आइतबार साताको पहिलो दिन नेपाली स्थानिय बजारमा सुन–चाँदीको मूल्य घटेको छ।
यस दिन सुनको
मूल्य प्रतितोला पाँच सय रुपैयाँ घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख ११ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ।
त्यसैगरी, आज आइतबार नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ।
चाँदी आइतबार प्रतितोला १५ रुपैयाँले घटेर १४ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता