मंसिर
२०, काठमाडौँ । करिब ७ किलो अवैध सुन राजधानीको न्यूरोडबाट बरामद भएको छ । कैलाली
घर भई नागार्जुन बस्ने पदम पाण्डेलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको
टोलीले पक्राउ गरेको छ ।
पदम
पाण्डेको न्यूरोडमा रहेको ‘ओमपाल
गोल्ड शप प्रालि’ सँगैको
कारखानामा छापा मार्दा सो परिमाणमा अवैध सुन बरामद भएको अपराध अनुसन्धान कार्यालयले
जनाएको छ ।
पाण्डेलाई
पक्राउ गरेर सुन जोख्ने कार्य भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान
कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताएका छन । अनुमानित ७ किलो सुन प्रक्रिया
पुर्याएर जोख्ने काम सकिएपछि एकिन परिमाण आउने प्रहरी स्रोतले जनाएको छ ।
- न्युज बहार संवाददाता