Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कोदोको पिठोबाट बिस्कुटको उत्पादन र बजारीकरण

  •   २ वर्ष अघि | १३ भदौ २०८१, बिहिबार

भदौं १३, विराटनगर । कोदोको पिठोबाट बिस्कुटको उत्पादन र बजारीकरण गर्न विराटनगरको एसियन बिस्कुट इन्डस्ट्रिजले सुरु गरेको छ । एसियन विज्ञप्तिमा उल्लेख  गरिएअनुसार नेपालमा यो नै पहिलो पटक कर्पोरेट लेभलबाट कोदोको बिस्कुट उत्पादन सुरु गरिएको हो ।

घरेलु र लघु उद्योगस्तरमा स्थानीय उत्पादनका रूपमा पश्चिम नेपालमा यस्तो बिस्कुटको उत्पादन गर्दै आएको एसियनले अहिले भने एकै पटक देशभरि नै बजारीकरण र निर्यात समेत गर्ने उद्देश्यले कोदोको बिस्कुट उत्पादन गरेको छ। एसियन बिस्कुट इन्डस्ट्रिजले अटोमेटिक मेसिनबाट ठुलो परिमाणमा कोदोको बिस्कुटको उत्पादन गर्न सुरु गरेको जनाएको छ।

उद्योगले नेपालका कच्चा पदार्थको प्रवर्धन र मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै कोदोको पिठोबाट बिस्कुटको उत्पादन सुरु गरेको बताएको छ । यस बिस्कुटको मुख्य कच्चा पदार्थ नेपालकै पहाडी क्षेत्रमा उत्पादन कोदो भएको उद्योगका सञ्चालक आशिष् जाजूले बताएका छन ।

  • न्युज बहार संवाददाता

थप