बैशाख
१९, रुकुम । रुकुम पश्चिम जिल्लाका विभिन्न ठाउँहरु तरकारी खेतीका लागि प्रख्यात छन्।
रुकुम
जिल्लाको मुसीकोट नगरपालिकाका, चौरजहारी नगरपालिका लगायत अन्य विभिन्न ठाउँहरुमा
तरकारी राम्रो उत्पादन हुने गर्छ।
उक्त
नगरपालिकाहरुमा उत्पादीत तरकारीहरुले बजार नपाएको गुनासो तरकारी किसानहरुले गरेका
छन। यसरी जिल्ला उल्पादन भएको तरकारीले बजार पाए जिल्लामा उत्पादित तरकारीको उचित
बजार भएमा अधिकांश तरकारी बाहिरबाट ल्याउनु पर्दैन तर बिडम्बना जिल्लामा उत्पादन
भएका मौसमी र बेमौसमी सबै प्रकारका तरकारीले बजार नपाउँदा जिल्लामा बाहिरको तरकारी
आयात भइरहेको छ।
रुकुम
पश्चिममा उत्पादित तरकारी विषादिरहित भएपनि
जिल्ला बाहिरबाट आउने तरकारीका कारण भने जिल्लामा
उत्पादन हुने तरकारीले बजार पाउन सकिरहेको छैन ।
मुसीकोट–१३ काउलेचौर, बाहुनचौरलगायतका किसानहरुले आयातित
तरकारीका कारण दुःखअनुसारको बजार मूल्य पाउन नसेको गुनासो गरेका छन।
अहिले
आलु उत्पादनको सिजन भएपनि स्थानिय स्थरमा उत्पादित आलुले उचित बजार नपाएको किसानको
गुनासो रहेको छ ।
मुसीकोट नगरपालिका–१३ का आलु उत्पादक किसान
कालीकुमारी खड्काले वर्षमा दुई पटक आलुखेती गर्ने गरेको तर समयमै बजार नपाएको दुखेसो
पोखेकी छीन। खड्काले भनिन “याँहा
आलुको उत्पादन राम्रो हुन्छ, तर उत्पादित आलु बिक्रीका लागि साह्रै
समस्या हुने गरेको छ ।”
उक्त वडामा उनी लगायत अन्य करिब ६० घरका किसानले व्यावसायिकरूपमा आलुखेती गर्दै आएका छन् ।
वडाका वडाध्यक्ष खलबहादुर खड्काले वडामा
एक वर्षमा मात्र करिब एक हजार क्विन्टल आलु उत्पादन हुने गरेको जानकारी दिएका छन ।
आलु राम्रो उत्पादन भएपनी बजारीकरणमा समस्या झेलिरहेको उनको
भनाइ छ ।
वडाध्यक्ष खड्काले स्थानिय
उत्पादनको बजारिकरणको लागी सङ्कलन केन्द्र र बजारको सुनिश्चितता जरुरी रहेको बताएका छन।
- न्युज बहार संवाददाता