असोज १४, काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य नेपाल
आयल निगमले वृद्धि गरेको छ ।
डिजेल र मट्टितेलमा प्रतिलिटर ६, पेट्रोलमा प्रतिलिटर २ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले गरेको हो । त्यस्तै प्रतिलिटर ८ रुपैयाँ हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा बढाइएको छ । यो वृद्धि भएको मुल्यपछी अब ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ ।
पेट्रोलको मूल्य पहिलो वर्ग (डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटिर १८२.५ रुपैयाँ पुगेको छ । त्यस्तै दोस्रो बर्ग (सुर्खेत र दाङ) मा १८४ रुपैयाँ र दिपायल, पोखरा र काठमाडौँमा १८५ रुपैयाँ पुगेको छ ।
पहिलो वर्गमा डिजेलको मूल्य १७६.५, १७८दोस्रो वर्गमा र १७९ रुपैयाँ प्रतिलिटर तेस्रो वर्गमा कायम भएको छ ।
प्रतिलिटर १४४ रुपैयाँ आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य र अन्तर्राष्ट्रियको मूल्य १.०९५ अमेरिकी डलर कायम भएको छ । शनिबार राति १२ बजेबाट बढेको मूल्य लागू भएको छ ।
- न्युज बहार संवाददाता