चैत १३, काठमाडौँ। नेपाली
बजारमा सोमबार सुन र चाँदी दुबैको मूल्य घटेको छ।
आइतबार
प्रतितोला छ सय रुपैयाँ घटेको सुनको भाउ आज पुनः प्रतितोला दुई सय रुपैयाँ घटेको छ।
आज
छापावाल सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ
हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको
छ।
यसैगरी, सोमबार चाँदीको मूल्यमा पनि गिरावट
आएको छ। आज चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ।
चाँदी प्रतितोला आइतबारको
तुलनामा सोमबार १० रुपैयाँ घटेको हो।
- न्युज बहार संवाददाता