फागुन २०, धनगढी। आज कैलालीमा स्कुल बसले ठक्कर
दिदा एक जना वृद्धको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत रहेको
गोदावरी नगरपालिका वडा ६ को खैरानामा रहेको माउन्ट शैपाल स्कुलको बसले ठक्कर दिदा
सोही ठाउँ बस्ने ६५ वर्षीया बाटुबट्टे आलेमगरको मृत्यु भएको प्रहरीले जनकारी दिएको
छ।
बसको
ठक्करबाट गम्भीर घाइते भएका आलेमगरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा
मृत्यु भएको हो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी
दिएको छ। मृत्यु पश्चात उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ
यो घटना पछी विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। दोषीलाई कारबाही गर्नु पर्ने र मृतकका परिवारलाई सतप्रतिसत क्षतिपूर्तिको माग
गर्दै उनीहरुले राजमार्गमा अवरोध सिर्जना गरेपछि सवारीसाधन ठप्प भएको छ। बस र चालक दुबैलाई इलाका प्रहरी
कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।
- न्युज बहार संवाददाता