Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अब मोटरसाईकलमा मोबाइल होल्डर र स्ट्यान्ड राख्न पाईने ।

हेलमेटमा गोप्रो क्यामेरा पनि प्रयोग गर्न पाइने ।

  •   ४ वर्ष अघि | ९ फाल्गुन २०७९, मङ्लबार

फागुन ९, काठमाडौं । राइड सेयरिङ सम्बन्धित काम गर्नेहरुले अब मोटरसाइकलमा मोबाइल होल्डर र स्ट्यान्ड राख्न पाउने भएका छन् । उच्च अदालत पाटनले आज जारी गरेको परमादेशमा मोटरसाइकलमा मोबाइल होल्डर र हेल्मेटमा क्यामरा राख्न नदिने निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा परमादेश जारी गरेको छ ।

यातायात व्यवस्था विभाग, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले  दुर्घटना बढेको भन्दै सबैको सहमतिमा ट्राफिक प्रहरीले मोटरसाइकलमा मोबाइल स्ट्यान्ड राख्न नदिने नियम बनाई कार्यान्वयनमा ल्याएको थियो । अर्को तर्फ सवारी साधनाई मोडिफिकेसन गर्न नपाइने तर्क गरेर यस्तो प्रयोगमा रोक लगाइएको  थियो । ट्राफिकको यो कदम विरुद्ध डेभिड चौधरी (सजिलो साथी प्रालि) र आर्यनराज पाण्डेले अदालतमा मुद्दा दायर गरेका थिए ।

स्ट्यान्ड र गोप्रो क्यामेरा प्रयोग गर्नेमाथि जरिबाना पनि नगर्न अदालतले आदेश दिएको छ । सरकारले नियम नमान्नेलाई पाँच सयदेखि २० हजार रुपैयाँसम्म जरिबाना तिर्नुपर्ने चेतावनी दिएको थियो । यस विषयमा अदालतले भने यस्तो जरिबाना गर्न रोक्नुपर्ने भन्दै निवेदकले गरेको माग समसामयिकजायज र कानून अनुकूल नै देखिएको ठहर गरेको छ । 

थप