Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज ६३.२४ अंकले बढ्यो नेप्से, मौद्रिक नितिलाई हरियाली स्वागत।

  •   ३ वर्ष अघि | ७ साउन २०८०, आइतवार

साउन ७, काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार ६३.२४ अंकले बढेर २२२७.१६ विन्दुमा पुगेको छ।  आज बढेको सेयर बजारले मौद्रिक नीति २०८०/८१ लाई स्वागत गरेको छ । किनकी आज नै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको हो । आज नेप्से २.९२ प्रतिशतको वृद्धि भएको हो ।

साताको पहिलो कारोबार दिन सबै उपसूचकहरु हरियो देखिएका छन । सबैभन्दा धेरै व्यापार, बैक, विकास बैंक, उपसूचकमा बृद्धी भएको छ ।

आज आइतबार २६६ धितोपत्रको ७५ हजार ८६ वटा कारोबारबाट १ करोड २० लाख २ हजार ३०८ कित्ता सेयर किनबेच भएको छ जसबाट ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ रुपैयाँ बराबरको कारोबार भएको हो ।

आइतबार किसान लघुवित्त, चन्द्रागिरि हिल्ससहितका धितोपत्रको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ भने एनआईबीए ग्रोथ फण्डको मूल्य नकारात्मक सर्किट लेवलमा घटेको छ ।

आज नेप्सेमा शिवम् सिमेन्ट, ज्योती विकास बैंकसहितका धितोपत्रको धेरै कारोबार भएको छ ।

 

 

  • न्युज बहार संवाददाता

थप