असार ३, काठमाडौँ । लगातार नवौँ दिनमा पनि सेयर बजार परिसूचक बढेको छ। यसरी लगातार नौ दिन सम्म बढ्दा नेप्से चार महिना यताकै उच्च विन्दुमा पुगेको छ।
आज साताको पहिलो कारोबार दिन नेप्से ५२.२६ अंकले वृद्धि भइ २०९४.३३ को विन्दुमा पुगेर बन्द भएको छ । आज नेप्से २.५६ प्रतिशतले बढेको हो ।
नेप्से २३ जेठयताको ९ कारोबार दिनमा लगातार वृद्धि हुँदा आज २ फागुन २०७९ यातकै उच्च विन्दुमा पुगेर बन्द भएको हो । पछिल्लो ९ कारोबार दिनमा नेप्से १९२.३४ अंकले वृद्धि भइसकेको छ ।
नेप्सेसँगै पछिल्ला दिनमा कारोबार रकम पनि बढ्दै गएको छ । आज आइतबार करिब ५ अर्ब नजिकको कारोबार भएको छ । यस कारोबार दिन नेप्सेमा ७० हजार ६४७ वटा कारोबारमा १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ४ अर्ब ८६ करोड ९२ लाखको कारोबार भएको छ ।
यस दिन नेप्सेमा बैंकिङ बाहेकका सबै उपसूचकमा वृद्धि भएको छ। हुँदा नेप्से २.५६ प्रतिशतले बढेको हो ।
- न्युज बहार संवाददाता