Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाली छुर्पी कुकुर र बिरालाहरूको आहारका रूपमा विदेश निर्यात हुँदै

  •   २ वर्ष अघि | १८ असार २०८१, मङ्लबार

असार १८, काठमाडौँ । नेपाली छुर्पी कुकुर र बिरालाहरूको आहारका रूपमा विदेश निर्यात हुँदै आएको छ  । नेपाली छुर्पी मुख्य गरी अमेरिका र क्यानडामा  लगायत २७ देशमा पुग्ने गरेको तथ्याङ्क सार्वजनिक भएको हो। नेपालबाट वार्षिक तीन अर्ब रुपैयाँभन्दा बढीको छुर्पी निर्यात हुँदै आएको भन्सार विभागले जनाएको  छ ।

विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनासम्ममा १५ लाख ३७ हजार १८६ किलो २ अर्ब ९७ करोड ७५ लाख रुपैयाँ बराबर छुर्पी निर्यात भएको हो ।

भन्सार विभागले नेपाली छुर्पी कुकुर र बिरालोको दानाका रूपमा निर्यात हुने गरेको जनाएको छ । नेपाल डेरी एसोसिएसनको दाबी अनुसार वार्षिक रुपमा नेपालमा करिब ३६ लाख किलो छुर्पी उत्पादन हुने गर्दछ । 

  • न्युज बहार संवाददाता

थप