Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नारायणगढ–मुग्लिन सडक आजबाट पुर्ण रुपमा खुल्ने ।

यस अघि दिनहुँ ४ घन्टा सडक बन्द हुँदै आएको थियो।

  •   ४ वर्ष अघि | २१ फाल्गुन २०७९, आइतवार

फागुन २१, चितवन। आजदेखि चितवनको नारायणगढ–मुग्लिन सडक पुर्ण रुपमा सञ्चालनमा आउने भएको छ। गत पुस ५ गतेदेखि सडकखण्डमा पर्ने विभिन्न पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकोले दिउँसोको बेला दिनहुँ ४ घन्टा सडक नियमित बन्द हुँदै आएको थियो।

भित्तो काट्ने काम अब अन्तिम चरणमा पुगेको र सडक बन्द नगरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यले बताएका छन।

यो सडकखण्डमा पाँचवटा पुल निर्माणाधीन अवस्थामा छन्। पहिले भइरहेको पुलको छेउमा अर्को पुल बनाउँदै कार्य गर्नु पर्दा भित्तो काट्नु परेको उनले जानकारी दिएका छन।

उनले भने ‘तुइन खोलाको भित्तो काट्नका लागि विस्फोट गराउन अनुमति लिने प्रक्रियामा रहेको छ, अनुमति पाएसँगै एक महिनामा विस्फोटक पदार्थ झिकाएर विस्फोट गराउने तयारी हामिले गरेका छौँ।’

  • न्युज बहार संवाददाता

थप