कार्तिक १३, काठमाडौँ । आज सोमबार
अमेरिकी डलरको विनिमय दर स्थिर रहेको छ। सोमबारको लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक
गरेको विनिमयदर अनुसार आज एक डलरको खरिद मूल्य १३२ रूपैयाँ ९० पैसा र बिक्री मूल्य
१३३ रूपैयाँ ५० पैसा छ।
यस दिन बैंकहरूले युरोपियन युरो
एकको खरिदमा १४० रुपैयाँ ४२ पैसा र बिक्रीमा १४१ रुपैयाँ ०५ पैसा पाउने छन्।
आज बेलायती पाउण्ड स्टर्लिङ
एकको खरिददर १६१ रुपैयाँ २४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९७ पैसा छ। यस दिन
कतारी रियाल एकको खरिदमा ३६
रुपैयाँ ५० पैसा र बिक्रीमा ३६ रुपैयाँ ६७ पैसा पाइने छ।
त्यसैगरी, आज राष्ट्र बैंकले अष्ट्रेलियन डलर
एकको खरिददर आज ८४ रुपैयाँ १९ पैसा र बिक्रीमा ८४ रुपैयाँ ५७ पैसा तोकिएको छ भने क्यानेडियन
डलर एकको खरिददर ९५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९६ रुपैयाँ २४ पैसा तोकेको छ।
त्यस्तै आज सोमबार कुवेती दिनार
एकको खरिदमा ४३० रुपैयाँ १७ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ११ पैसा पाइन्छ भने
त्यसैगरी, आज
बहराइन दिनार एकको खरिदमा ३५२ रुपैयाँ ५२ पैसा र बिक्रीमा ३५४ रुपैयाँ ११ पैसा पाइनेछ
।
आज मलेसियन रिंगिट एकको खरिदमा
२७ रुपैयाँ ८१ पैसा र बिक्रीमा २७ रुपैयाँ ९४ पैसा पाइन्छ।
साउदी अरेबियन
रियाल एकको खरिददर आज राष्ट्र बैंकले ३५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५८
पैसा तोकेको छ भने युएई
दिराम एकको खरिदमा ३६ रुपैयाँ १८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा पाइने छ।
- न्युज बहार संवाददाता