चैत २२, काठमाडौँ । अहिले बजारमा मालभोग केरा आउन सुरु भएको छ । नेपाल फलफूल थोक व्यवसायी संघका अनुसार अहिले थोरै मात्रामा मालभोग केरा बजारमा आइरहेको छ ।
बजारमा मालभोग
केरा आउन थाले पनि अहिले यसको सिजन भने सुरू भइसकेको छैन
। त्यसैले अहिले
थोरै मात्रामा आइरहेको छ ।
संघका उनका
अनुसार अहिले आइरहेको मालभोग केरा स्वदेशी उत्पादन हो । हाल मोरङ र चितवनमा
उत्पादित मालभोग केरा बजारमा काठमाडौँ लगायत बजारमा आइरहेको छ ।
मालभोग
केराको मुख्य जन भने जेठदेखि साउनसम्म हो । अहिले बल्खु फलफुल बजारमा मालभोग केरा
प्रतिदर्जन थोक मूल्य एक सयदेखि एक सय २० रूपैयाँसम्म बिक्री भइरहको संघले जनाएको
छ ।
मालभोग
केराको सिजन सुरू सगै यसको मूल्य पनि क्रमश घट्दै जानेछ ।
- न्युज बहार संवाददाता