असोज २२, काठमाडौँ । ३ वटा सडक खण्डलाई काठमाडौँ
महानगरपालिकाभित्रका एकतर्फी बनाइने भएको छ ।
ट्राफिक
प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद भट्टले दरबारमार्गस्थित महेन्द्र शालिकबाट
कृष्णपाउरोटी चोकभन्दा तल (काठमाडौं प्लाजानेर) पुग्ने सडक र कमलादी मोडबाट
प्रज्ञाभवन हुँदै घण्टाघर निस्किने सडक र एकतर्फी बनाउन लागिएको जानकारी दिएका हुन
।
यसैगरी प्रवक्ता भट्टका अनुसार त्रिपुरेश्वरतर्फबाट काठमाडौँ–ललितपुर जोड्ने सेतोपुल (नयाँ पुल) हुँदै गुसिङ्गाल निस्किने सडक पनि एकतर्फी बनाउन लागिएको हो ।
ती सडक एकतर्फी बनाउने निर्णय भइसकेको र त्यसको जानकारी दिन ट्राफिक सङ्केत र सार्वजनिक सूचना निकाल्न बाँकी रहेको छ । अब सार्वजनिक सूचना प्रकाशित गरेर केही दिन यात्रु र चालकहरुलाई एकतर्फी बनाइएकोबारे जानकारी दिइने छ भने त्यसपछि यो निर्णय पुर्ण रुपमा कार्यान्वयनमा जाने र नियम उल्लंघन गरेमा जरिमानासहितको कारबाही हुने ट्राफिक प्रहरीले जनाएको छ ।
- न्युज बहार संवाददाता