बैशाख ३, काठमाडौँ । ३ लाख टन गहुँ आयातको अनुमति दिन भारतीय पक्षलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पत्र लेखेको छ । उद्योग मन्त्रालयले लेखेको उक्त पत्र परराष्ट्र मन्त्रालयमार्फत लैनचोरस्थित भारतीय दूतावास हुँदै भारत पुगेको छ।
३ लाख टन गहुँ आयातको अनुमति माग्दै भारतीय पक्षलाई पत्राचार गरेको नेपाल फ्लोर मिल एसोसिएशनका उपाध्यक्ष दिनेशकुमार अग्रवालले बताएका छन।
- न्युज बहार संवाददाता