Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

“लैले बरै” ६७ वर्षीया नन्दा पन्तको ठेट भाका।

यो भाकामा कहिल्यै लाइमलाइटमा नआएकी एक आम ज्येष्ठ नागरिक महिला कलाकार हुनुहुन्छ ।

  •   ४ वर्ष अघि | २ फाल्गुन २०७९, मङ्लबार

फागुन २,काठमाडौँ । 'लैले बरै' भन्ने ठेट लोकभाकाको गितले अहिले धेरैको मन जितिरहेको छ । यी ठेट भाका गाउने मान्छे चाही ६७ वर्षीया नन्दा पन्त हुन । उनले गाएको ‘लैले बरै’ ठेट लोकभाकाको यो गीतले अहिले युट्युबमा मात्रै होइन टिकटकमा राम्रो स्थान पाइरहेको छ । सामाजिक सञ्जालमा टिकटकमा अहिले यो गितको अंश जादा जादै बन्दिपुर पुग्यो रुदा रुदै कलिलो ज्यान सुक्यो भन्ने लाईनले चर्चा कामाइरहेको छ ।

फिल्मी र व्यावसायिक गीत–संगीतको दबदबा रहेको अहिलेको समयमा नन्दा पन्तको ठेट भाकाले पाएको स्थान र गित लोकप्रिय हुनु आफैंमा अर्थपूर्ण छ। यो लोकभाका गण्डकी र बागमती क्षेत्रको ठेट मौलिक भाका हो। अझ अर्को कुरा त के छ भने यो भाकामा  कहिल्यै लाइमलाइटमा नआएकी एक आम ज्येष्ठ नागरिक महिला कलाकार हुनुहुन्छ जसले आज भन्दा अगाडि यसरी सायदै गाउनु भएको थियो होला । उहाले गाएको गीत यसरी लोकप्रिय हुनु आफैंमा ठुलो हो ।

काठमाडौंको रानीबारीमा बस्ने गोरखा स्थायी घर भएकी नन्दा पन्तको रानिबारीमा पनि आफ्नै घर छ । त्यही घरमा गायक तथा संगीतकार भूपु पाण्डेका साथी बस्थे, जो भिडियोग्राफर हुन् । साथीको उक्त डेरामा जाँदा आउँदा नन्दाले भूपुलाई गायक भन्ने थाहा पाइन् । अनि उनले आफ्नो पनि गीत गाउने रहर रहेको भुपु पाण्डेलाई सुनाइन् । त्यसबेला उहाँले मलाई धेरै किसिमको भाका सुनाउनुभएको थियो त्यस मध्ये यो भाका चाही केही नौलो र नयाँ खालको लाग्यो आमाको पनि रहर पूरा हुन्छ अनि केही नौलो पनि हुन्छ, भनेर यो गीत निर्माण गर्ने सोच बनाएको भुपु पाण्डेले बताए । भूपुले यो गीतले यति चर्चा पाउँछ भन्ने पटक्कै सोचका थिएनन् ।गीतको एरेन्जर भूपु पाण्डे भन्छन ‘सामान्य खर्चमा स्टुडियोमा नै छायांकन गर्‍यौं । अहिले यत्तिको चर्चा पाउँदा अत्यन्तै खुसी लागेको छ।’

थप