Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नारायणी पुलमा डिजिटल सडक बत्ती जडान।

बत्ती डिजिटल माध्यमबाट बाल्न र निभाउन मिल्ने ।

  •   ४ वर्ष अघि | १९ फाल्गुन २०७९, शुक्रबार

फागुन १९, चितवन । ‘उज्यालो सहर’ अभियान अन्तर्गत भरतपुर महानगरपालिकाले चितवनको नारायणगढस्थित नारायणी पुलमा स्मार्ट बत्ती जडान गरेको छ । महानगरकी मेयर रेणु दाहालले साँझमा बत्ती बालेर स्मार्ट बत्तीको उद्दघाटन गरेकी हुन् ।

गएको जेठमा आएको हावाहुरीले पूलमाथि राखिएका पोलहरु ढालेको थिए । राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजना अन्तर्गत भरतपुर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त पहलमा पुलमा १४ वटा पोल राखेर स्मार्ट बत्ती जडान गरिएको छ । 

पोलमा राखिएका सबै बत्ती डिजिटल माध्यमबाट बाल्न र निभाउन मिल्ने सुबिधा भएको डिजिटल बत्ती हो । पुलमाथि बत्ती बलेपछी रातको समयमा बाह्य सर्वसाधरणलाई र स्थानीयलाई ओहोर दोहोर गर्न सजिलो भएको छ । 

पुलले भरतपुर महानगरपालिकाको नारायणगढ र गैंडाकोट नगरपालिकाको गैंडाकोटलाई आपसमा जोदेको छ । पहिलो चरणमा ७८.१ किलोमिटर र दोस्रो चरणमा ११८ किलोमिटर क्षेत्रमा थप सडक बत्ती राख्ने तयारी भरतपुर महानगरले गरेको छ । 

  • न्युज बहार संवाददाता

थप