असार १०, काठमाडौँ । साताको पहिलो कारोबार दिन अर्थात आज आइतबार सेयर बजारमा निकै उत्साह देखिएको छ । आज कारोबार रकम साढे ६ अर्ब पुगेको छ भने यस दिन बजार ३.०३ प्रतिशत ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा रोकिएको छ ।
आइतबार सबै उपसूचकमा लगानीकर्ताको उत्साह देखिएको छ। उपसूचकमा मध्ये सबैभन्दा धेरै जीवन बीमा कम्पनीको उपसुचक बढेको छ। यस दिन यस समुहमा ७.७९ प्रतिशत वृद्धि भएको छ। आज आइतबार २२ वटा धितोपत्रको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ ।
यस दिन कुल २७५ धितोपत्रको ९० हजार २४९ वटा कारोबारबाट १ करोड ४७ लाख ५१ हजार २४७ कित्ता सेयर किनबेच भएको छ । यसवाट कुल ६ अर्ब ४९ करोड ४ लाख १२ हजार ६६५ रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा शिवम् सिमेन्ट, सोल्टी होटेल, हिमालयन डिष्टिलरीसहितका धितोपत्रको धेरै कारोबार भएको छ ।
- न्युज बहार संवाददाता