फागुन २, काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार आन्दोलनरत
यातायात मजदुरहरुले आह्वान गरेको सार्वजनिक यातायात बन्दको आंशिक प्रभाव परेको छ ।
मंगलबार बिहान काठमाडौमा यातायात बन्द भनियता पनि केही बस, माइक्रो बस र ट्याक्सीहरु चलिरहेका छन् तर
यो संख्या अघिल्ला दिनको तुलनामा निकै कम हो। न्युन संख्यामा मात्र सार्वजनिक
गाडीहरु चलेको हुनाले त्यसमै यात्रुहरु कोचिएर यात्रा गर्न बाध्य भएका छन भने कतिपय
यात्रुहरु पैदलै हिँडेर गन्तव्यमा जान बाध्य छन् । सार्वजनिक बाहेकका प्रइवेट यातायातका
साधन भने खुल्ला रुपमा बिना कुनै रुकावट चलिरहेका छन् ।