आज बुधबार नेपाली बजारमा सुनको
मूल्य बढेको छ।
अघिल्लो
दिनको तुलनामा बुधबार सुनको मूल्य चार सय रूपैयाँले बढेको छ।
आज नेपाली बजारमा छापावाला सुन तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ। चाँदीको मुल्यमा गएको बिहीवारदेखि कुनै घटबढ भएको छैन भने आज पनि हिजो जस्तै तोलामा एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी गराएको छ ।
- न्युज बहार संवाददाता