जेठ ३१, काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा
चाँदीको मूल्य भने घटेको छ।
सुनको
भाउ यसदिन स्थिर रहेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख
४० हजार नौ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
।
आज बिहीबार चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले
घटेको हो ।
आज नेपाली बजारमा चाँदी
१८ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता