फागुन १०, काठमाडौँ । बिहीबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य घटेको छ ।
यसदिन सुनको
भाउ प्रतितोला चार सय रूपैयाँले घटेको हो ।
आज
छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७
हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी, आज बिहीबार चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदी प्रतितोला १५ रूपैयाँले घटेर १४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
- न्युज बहार संवाददाता