चैत
५, काठमाडौँ। आज आइतबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
लगातार
बढिरहेको सुनको मूल्य आज हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ। आज सुन सबै भन्दा धेरै बढेर प्रतितोला
एक लाख १० हजार रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो सबै रेकर्डभन्दा बढी हो।
शुक्रबार
अघिल्लो कारोबार दिन तोलामा चार सय रुपैयाँ मात्र बढेको सुनको मूल्य आज एकै दिनमा प्रतितोला
दुई हजार नौ सय रुपैयाँ बढेको छ।
आज
छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ मा कारोबार भएको नेपाल सुनचाँदी
व्यवसायी महासंघले जानकारी दिएको छ।
त्यसैगरी आज
आइतबार चाँदीको मूल्य पनि बढेको
छ। आज चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी
प्रतितोला १३ सय १० रुपैयाँमा शुक्रबार कारोबार भएको थियो।
शुक्रबारको
तुलनामा आइतबार चाँदी मुल्य प्रतितोला ३५ रुपैयाँ बढेको हो।
- न्युज बहार संवाददाता