असार १८, काठमाडौँ। नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।
सुनको भाउ आज प्रतितोला एक सय रुपैयाँले घटेको छ।
आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी आज सोमबार नेपाली बजारमा चाँदीको मूल्य भने स्थिर रहेको छ।
- न्युज बहार संवाददाता