जेठ
५, काटमाडौँ। आज शुक्रबार पनि नेपाली बजारमा सुन तथा चाँदी दुबैको मूल्य घटेको छ।
सुनको
भाउ आज प्रतितोला पाँच सय रुपैयाँले घटेको हो।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज शुक्रबार चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनकारी गराएको छ।
- न्युज बहार संवाददाता