जेठ ११, काठमाडौँ । आज आइतबार नेपाली स्थानिय बजारमा सुनको भाउ
बढेको छ भने चाँदी स्थिर रहेको छ।
सुनको
भाउ यसदिन प्रतितोला एक हजार चार सय रूपैयाँले बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ९१ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल
सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, आज आइतबार नेपाली बजारमा चाँदीको
मूल्य भने स्थिर रहेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार पाँच रूपैयाँमा कारोबार
भइरहेको छ।
- न्युज बहार संवाददाता