चैत
१७, काठमाडौँ। चालु आर्थिक वर्षको आठ महिना (साउनदेखि फागुनसम्म) मा ३४ करोड ८ लाख
५६ हजार किलो ग्यास आयात भएको तथ्यांकले बताएको छ।
गत आर्थिक वर्ष २०७८/७९ को साउनदेखि फागुनसम्मको तथ्यांकसँग तुलना गर्दा यसपालि पाँच प्रतिशत कम ग्यास भित्रिएको प्रष्ट बुझ्न सकिन्छ। ३६ करोड ३४ हजार किलो ग्यास पोहोर यही अवधिमा आयात भएको थियो।
सरकारले
बिजुली खपत बढाउन विभिन्न प्रयास पनि गरिरहेको बेलामा ग्यास आयात घटेर बिजुली
उपयोग बढ्न थालेको यस तथ्यांकले देखाउँछ।
सरकारले २०७७ असार देखि घरायसी प्रयोजनमा खपत हुने बिजुली महसुल कम गरेको
थियो त्यती गर्दा पनि ग्यास आयात घटेको थिएन। तर अहिले ग्यासको भाउ बढ्दै गएपछी बल्ल
ग्यास आयात घट्न थालेको देखिन्छ।
पनि
पछिल्लो समय घरायसी बिजुलीको खपत बढेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
प्राधिकरणको तथ्यांकअनुसार गत वर्ष साउनदेखि माघसम्मको तुलनामा यसपालि दस
प्रतिशतले विद्युत खपत बढेको जनाएको छ।
यता नेपाली कम्पनी 'अगेनो' ले एक वर्षमै दुई हजार वटाभन्दा बढी इन्डक्सन र इन्फ्रारेड चुलो उत्पादन गरी बेचेको जनाएको छ। त्यस्तै अरू स्वदेशी कम्पनीका चुलोको माग पनि बढेको देख्न सकिन्छ।
ग्यासको भाउ महँगिदै गएपछि धेरै उपभोक्ताले पहिल्यैदेखि आफूसँग थन्काएर राखेका र आफुसँग भएका विद्युतीय सामग्रीको प्रयोग पनि बढाएका छन्। यी सबैले ग्यास आयात कम गर्न महत्वपुर्ण भूमिका खेलेको सजिलै अनुमान गर्न सकिन्छ।
- न्युज बहार संवाददाता