असोज ३०, काठमाडौँ । सहुलियतमा बिक्री गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिउँदो खसी बोकाको मूल्य प्रतिकिलो ६८० रुपैयाँ तोकेको छ ।
कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले जिउँदो च्याङ्ग्राको मूल्य १२ सय ६० रुपैयाँ प्रतिकिलो कायम रहेको जानकारी दिएकी छन ।
खाद्यले प्रतिकिलो १० रुपैयाँ छुट हुने गरी खसी बोका र च्याङ्ग्राको बिक्रीमा सुरु गरेको छ ।
कम्पनीको प्रादेशिक कार्यालय थापाथलीबाट दसैको लागी छुटसहितको खसी बोका तथा च्याङ्ग्रा बिक्री भइरहेको छ।